PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड, टोटेनहमको जित



पहिलोपोस्ट

बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड, टोटेनहमको जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड साउथह्याम्टनसँग बराबरीमा रोकिएको छ। सेन्ट म्यारी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली साउथह्याम्पटनले अग्रता जोगाउन नसक्दा युनाइटेडसँग बराबरीमा रोकिएको हो।

खेलको ३० औं मिनेटमा युनाइटेडका फ्रेडले आत्मघाती गोल गरेपछि खेलमा अग्रता बनाएको घरेलु टोली पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा युनाइटेड पुनरागमन गर्न सफल भयो। खेलको ५५ औं मिनेटमा पउल पोग्बाको पासमा म्यासन ग्रीनउडले गोल गर्दै खेल बराबरीमा ल्याए। यद्यपि त्यसपछि दुबै टिमले गोल गर्न नसक्दा खेल १-१ को बराबरीमा टुंगियो।

त्यस्तै आजै सम्पन्न अर्को टोटेनहम हट्सपरले वुल्भ्समाथि जित निकाल्यो। मोलिनिउक्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले टोटेनहममाथि खेल अवधिभर दवाब बनाएको थियो। यद्यपि टोटेनहमलाई जितका लागि खेलको ९ औं मिनेटमा डेले अलीले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गरेको गोल पर्याप्त बन्यो।

म्यानचेस्टर सिटी जाने चर्चामा रहेका ह्यारी केनले पनि आजको खेलमा १० औं मिनेटमा मैदान प्रवेश गर्दै यो सिजनको पहिलो खेल खेले। पहिलो खेलमा साविक विजेता म्यानचेस्टर सिटीलाई हराएको टोटेनहमको यो लगातार दोस्रो जित हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell