PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

रियल मड्रिड बराबरीमा रोकियो, एट्लेटिकोको जित



पहिलोपोस्ट

रियल मड्रिड बराबरीमा रोकियो, एट्लेटिकोको जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड १० खेलाडीमा सीमित लेभन्टेसँग बराबरीमा रोकिएको छ। स्टेडियो सियुडाड डी भ्यालेन्सियामा सम्पन्न खेलमा १० खेलमा सीमित घरेलु टोलीले रियल मड्रिडलाई बराबरीमा रोकेको हो।

खेलको पाँचौ मिनेटमा करिम बेन्जेमाको पासमा ग्यारिथ बेलले रियल मड्रिडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा मड्रिड एक गोलले अघि रहे पनि दोस्रो हाफमा सुरुमै लेभान्टेका रोगर मार्टीले खेल बराबरीमा ल्याए। उनले खेलको ४६ औं मिनेटमा गोल गर्दा जोस काम्पनाले ५७ औं मिनेटमा गोल गर्दै लेभान्टेलाई अग्रता दिलाए। उता रियलका लागि ७३ र ८५ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दा लेभान्टेका रोबेर पिएरले ७९ औं मिनेटमा गोल गरेका थिए। खेलको ८७ औं मिनेटमा लेभान्टेका एइटोर फर्नान्डेज रेडकार्ड खाँदै बाहिरिँदा अन्तिम समयमा लेभान्टे १० खेलाडीमा समेटिएको थियो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा साविक विजेता एट्लेटिको मड्रिडले एल्चेलाई १-० ले हरायो। स्टेडियो वान्डा मेट्रोपोलिटानोमा सम्पन्न खेलमा घरेलु टोलीले एन्जेल कोरेको निर्णायक गोलमा जारी सिजन लगातार दोस्रो जित निकालेको हो।

त्यस्तै गएरातिकै अर्को खेलमा रियल सोसिडाडले रियल भाल्लोकानो माथि १-० गोलअन्तरले जित निकाल्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell