PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

मार्सेलीका खेलाडीलाई दर्शकले आक्रमण गरेपछि खेल रोकियो, झगडा गर्न मैदानमै उत्रिएका थिए दर्शक



पहिलोपोस्ट

मार्सेलीका खेलाडीलाई दर्शकले आक्रमण गरेपछि खेल रोकियो, झगडा गर्न मैदानमै उत्रिएका थिए दर्शक
Photo: Reuters

फ्रेन्च लिगवानमा गएराति मार्सेली र नाइसबीचको खेल रोकिएको छ। नाइसको घरेलु मैदान एलिनाज रिभिएरामा सम्पन्न खेलमा मार्सेलीका खेलाडीमाथि आक्रमण भएको हो। खेलमा नाइस एक गोलले अघि रहेको अवस्थामा डिमिट्री पेयट कर्नर लिन जाँदै गर्दा उनलाई घरेलु समर्थकले पानीको बोतल प्रहार गरेका थिए। लगातार प्रहार भएपछि उनले पनि त्यो बोतल टिपेर समर्थकहरुतर्फ फ्याँके। त्यसपछि आक्रामक बनेका समर्थकहरु झगडा गर्न मैदानसम्मै उत्रिए।

खेल निकै समय ढिला भए पनि नाइसका खेलाडीहरुले खेल सक्न तयार भएका थिए तर मार्सेलीका खेलाडीले यसलाई अस्वीकार गरिदिए। र, खेल त्यतिकैमा रद्ध भयो।

 

यसबीच मार्सेलीका केही खेलाडीहरुलाई चोट लागेको बताइएको छ।

'हाम्रा खेलाडीमाथि आक्रमण भएको छ,' मार्सेलीका अध्यक्ष पाब्लो लनगोरियाले भनेका छन्, 'हामीले मैदानमै आक्रमणमा परेका खेलाडीको सुरक्षाका लागि पुन: खेलमा नफर्कने निर्णय गरेका हौं। किनभने अझै पनि खेलाडीको सुरक्षा सुनिश्चित थिएन।'

त्यसअघि अघि पनि खेल अवधिभर घरेलु समर्थकहरुले मार्सेलीका खेलाडीमाथि पानीका बोतलले आक्रमण गरेका थिए।

नाइसका अध्यक्ष जेन पियरे रिभेरेले पनि समर्थकहरुलाई शान्त हुन पटकपटक आग्रह गरेका थिए।

दुई हप्ता अघि पनि मार्सेलीका खेलाडीहरु मन्टपेलियरसँगको खेलमा समर्थकको निशानामा परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell