PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

झापामा होम क्वारेन्टाइनमा बसेका दम्पती ८ महिने छोरीसहित झुन्डिएको अवस्थामा फेला



पहिलोपोस्ट

झापामा होम क्वारेन्टाइनमा बसेका दम्पती ८ महिने छोरीसहित झुन्डिएको अवस्थामा फेला
प्रतिकात्मक तस्बिर

काठमाडौं : झापामा एक दम्पती छोरीसहित झुन्डिएको अवस्थामा फेला परेका छन्।

कनकाई नगरपालिका १ सिर्जना टोलमा बस्दै आएका विक दम्पती ८ महिनाको छोरीसहित झुन्डिएको अवस्थामा फेला परेका हुन्। ३४ वर्षीय रविन विश्वकर्मा, ८ महिने छोरी रुविना विश्वकर्मा र २८ वर्षीय मुना विक झुन्डिएको अवस्थामा फेला परेका हुन्।

'बन्द कोठाभित्र तीन जना झुन्डिएको अवस्थामा फेला परेको हो। थप अनुसन्धान गरिरहेका छौँ,' जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले भने।

उनीहरू घरको कोठाभित्र पासो लागेर झुन्डिएको अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ। आमा छोरी एउटा पासोमा र बाबु अर्को पासोमा झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो।

'बिहान ढिलो किन उठे भनेर नजिकै घर भएकी काकीले हेर्न जाँदा झ्यालबाट झुन्डिएको देखेपछि अरूलाई खबर गरेको पाइयो। दुईवटा पासोमा झुन्डिएका छन्,' कन्काई नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रोशनराज पोखरेलले भने।

मृतक रविन केही दिनअघि विदेश जान भनेर काठमाडौं गएका थिए। तर, साउन ३१ गते  कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनी झापा फर्किएर होम क्वारेन्टाइनमा बसेको खुलेको छ। केही समयअघि विश्वकर्माको घरमा पैसा उठाउन भन्दै केही युवा पुग्ने गरेकोसमेत खुलेको छ। उनी म्यानपावर एजेन्टको रूपमा काम गर्दै आएका थिए।

'हाम्रो पैसा डुबायो भन्दै केही युवाले मलाई फोनसमेत गर्नु भएको थियो। धेरै मानिसको ऋण तिर्न थियो भनेको सुनेको थिएँ,' वडा अध्यक्ष पोखरेलले भने।

एसपी सहितको टोली घटनास्थल पुगेर मुचुल्का उठाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell