PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

भारतमा एकै दिन २५ हजार संक्रमित थपिँदा ठीक हुनेको संख्या ४४ हजार माथि



पहिलोपोस्ट

भारतमा एकै दिन २५ हजार संक्रमित थपिँदा ठीक हुनेको संख्या ४४ हजार माथि
Mrinal Sabharwal/Reuters

भारतमा पछिल्लो २४ घन्टामा २५ हजार ७२ जनामा कोभिड १९ को संक्रमण पहिचान भएको छ। भारतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएअनुसार यस अवधिमा ४४ हजार १ सय ५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणकै बिचमा मृत्यु हुनेको संख्या ३ सय ८९ रहेको छ।

यससँगै भारतमा कोभिड १९ संक्रमित हुने कूल संख्या ३ करोड २४ लाख ४९ हजार ३ सय ६ पुगेको छ। यीमध्ये ठीक हुनेको संख्या ३ करोड १६ लाख ८० हजार ६ सय २६ रहेको छ। अहिले भारतमा एक्टिभ केस ३ लाख ३३ हजार ९ सय २४ रहेको छ। कोभिड संक्रमणकै बिच ज्यान गुमाउनेको संख्या भारतमा ४ लाख ३४ हजार ७ सय ५६ रहेको छ।

पछिल्लो २४ घन्टामा भारतमा ७ लाख ९५ हजार ५ सय ४३ जनाले कोभिड १९ विरुद्धको खोप पाएका छन्। यससँगै भारतमा खोप लगाउनेको जनसंख्या ५८ करोड २५ लाख ४९ हजार ५ सय ९५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell