PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

ओलीतिर लाग्ने कि नेपालतिर ? बालकोटमा एमालेको 'तेस्रो धार'ले गर्दै निर्णायक वार्ता



पहिलोपोस्ट

ओलीतिर लाग्ने कि नेपालतिर ? बालकोटमा एमालेको 'तेस्रो धार'ले गर्दै निर्णायक वार्ता

काठमाडौं : नेकपा (एमाले)को तेस्रो धारका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता थालेका छन्। आइतवार ओली समूहका नेताहरुसँग संवाद गरेका उनीहरुले सोमवार ओलीको निजी निवास बालकोटमा वार्ता थालेको एमाले स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए।

एमालेका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, युवराज ज्ञवाली लगायतका नेताहरुले वार्ता थालेका हुन्। ओलीलाई ४ दिनको समयसीमा दिएर तेस्रो धारका नेताहरुले १० बुँदे कार्यान्वनयका लागि दबाब दिएका थिए। सोमवार अल्टिमेटम सकिनुअघि उनीहरुले वार्ता थालेका हुन्।

वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनालले नयाँ दल दर्ताका लागि निवेदन दिएपछि एमालेमा तेस्रो धार सक्रिय भएको हो। उनीहरुले हालसम्म ओली-नेपाल दुवै पक्षलाई साथ दिएका छैनन्।

दल दर्ताको निवेदन फिर्ता र १० बुँदे कार्यान्वयनको शर्त राखेर तेस्रो धारका नेताहरु एकताका लागि सक्रिय छन्। ओली र नेपाल दुवै नेता तेस्रो धारसँग असन्तुष्ट रहेको बताइएको छ। ओलीले आफूहरुका माग पूरा नगरे बिद्रोह गर्ने उनीहरुले चेतावनी दिएका थिए। आफ्नो पक्षमा केन्द्रीय सदस्य र सांसद गरी ५७ जना नेता रहेको तेस्रो धारका नेताहरुको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell