PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

गाईजात्रामा यस्तो देखियो वसन्तपुरको दृश्य : मास्कमय भयो सापारु

गाईजात्रामा यस्तो देखियो वसन्तपुरको दृश्य : मास्कमय भयो सापारु

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज सापारु। नेपालभाषामा 'सा' को अर्थ गाई र 'पारु'को अर्थ प्रतिपदा हो। यस्तै, यस पर्वलाई साया: समेत भन्ने गरिन्छ। 'या:' भनेको जात्रा। कालान्तरमा साया: (सापारु) गाईजात्राका रुपमा परिवर्तन हुँदै गएको हो।

आजको दिन काठमाडौंमा दिवंगत भएका आफन्तहरुको सम्झनामा बालबालिकालाई प्रतीकात्मक रुपमा गाई वा अन्य केही रुप दिएर नगर घुमाउने चलन रहेको छ। केहीले भने बाजासहित गाईलाई नै नगर परिक्रमा गराउने गर्छन्।

यसरी नगर परिक्रमा गराउने गाई र बालबालिकाहरुलाई विभिन्न खाद्य सामाग्री दान गर्ने गरिन्छ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै यसपटक निस्किएका साया: हरुको अनिवार्यमा मास्क देखिन्थ्यो। प्रशासनले सांकेतिक रुपमा जात्रा मनाउन भनेकाले यसपटक पहिला झै धेरै मानिसको सहभागिता देखिएन। गत वर्षपनि कोरोना संक्रमणका कारण गाईजात्रा मास्कमय भएको थियो।

सापारुको अवसरमा वसन्तपुरको दृश्य यस्तो देखियो :



ट्रेन्डिङ पोस्ट

Ncell