PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

कोभ्याक्स प्रणालीमार्फत् जापानबाट आउने खोप सबै नेपाल आइपुग्यो



पहिलोपोस्ट

कोभ्याक्स प्रणालीमार्फत् जापानबाट आउने खोप सबै नेपाल आइपुग्यो
Photo : UNICEF Nepal

काठमाडौं : जापान सरकारबाट अनुदान प्राप्त सबै कोभिड-१९ विरुद्ध प्रयोग गरिने  खोपहरू नेपाल आइपुगेको छ। जापान सरकारले  कोभ्याक्स मार्फत नेपाललाई प्रदान गर्ने कूल १६ लाख १४ हजार ७ सय ४० एस्ट्राजेनेका खोप मध्ये लगभग आधा जति गत श्रावण २३ र २४ गते नै नेपाल आइसकेको थियो। र, यी खोपहरू हाल सञ्चालन भइरहेको खोप कार्यक्रममा प्रयोग भइरहेका छन्। 

बाँकी ७ लाख ६७ हजार ४२० खोपहरू पनि भदौ ५ र आज भदौ ७ गते काठमाडौं आइपुगेको छ। यो आएसँगै  कूल १६ लाख १४ हजार ७४० खोप जापान सरकार मार्फत नेपालले प्राप्त गरेको छ। नेपालका लागि जापानका राजदूत महामहिम किकुताका अनुसार यो अनुदान जापान र नेपाल सरकारको मित्रताको प्रतीक हो। जापानी राजदूतावास पनि १६ लाख भन्दा बढि खोप प्रदान गर्न सकेकोमा खुशी छ।

यी खोपहरू कोभ्याक्स प्रणाली मार्फत प्राप्त भएका हुन्। यस प्रणालीमा सेपी, गाभी, युनिसेफ र डब्लु एच वो साथसाथै अरु बिदेशी समुदायको संलग्नता छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell