PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

एमालेको बहिस्कारका बिच मुख्यमन्त्री केसीले मागे विश्वासको मत, मतदानको तयारी पूरा 



पहिलोपोस्ट

एमालेको बहिस्कारका बिच मुख्यमन्त्री केसीले मागे विश्वासको मत, मतदानको तयारी पूरा 

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत मागेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बिच संचालन भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत मागेका हुन्।
विश्वासको मत माग्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले आफ्नो मूल्य र मान्यता अनुसार काम गर्ने प्रतिवद्धता जनाए।

केसीले सहमति र सहकार्यको माध्यमबाट अघि बढ्ने बताउँदै आफू मुख्यमन्त्री भएपछि प्रमुख प्रतिपक्षी दलले बधाई दिने सामान्य औपचारिकता समेत पूरा नगरेकोमा दुःख व्यक्त गरे। उनले संविधान प्रदत्त अधिकारलाई कार्यान्वयन गर्ने उद्देश्य पूरा गरिछाड्ने प्रतिवद्धता पनि जनाए।

मुख्यमन्त्री केसीले प्रदेशलाई समृद्ध बनाउने ऐतिहासिक मिशनलाई पूरा गर्न र नमुना प्रदेश बनाउन सहकार्यको हात बढाएको बताएका थिए।

मुख्यमन्त्री केसीले आफ्ना सबै दम्भ अहंकार समाप्त पारेर एकपटक नयाँ संस्कार र नयाँ रुपान्तरणमा अघि बढ्न आग्रह गरे।
एमालेको विरोधकै बिच विश्वासको मतदानका लागि सबै तयारी पूरा भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell