PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

नेपाली क्रिकेट टोलीको जर्सी सार्वजनिक, ५०० डिजाइनबाट आदर्श पोखरेलको डिजाइन भयो छनोट



पहिलोपोस्ट

नेपाली क्रिकेट टोलीको जर्सी सार्वजनिक, ५०० डिजाइनबाट आदर्श पोखरेलको डिजाइन भयो छनोट
Photo: CAN

काठमाडौं : नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ। जर्सी डिजाइनका लागि खुला गरिएको आह्वानमा आदर्श पोखरेलको डिजाइन छानिएको हो।

नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले खुला प्रतिस्पर्धाबाट उत्कृष्ट डिजाइन बनाउनेले एक लाख रुपैयाँ पाउने गरी जेठ ३१ गते आवेदन खोलेको थियो।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ५ सय वटा डिजाइन क्यानमा आइपुगेका थिए। जसबाट छनोटका लागि क्यानले ४ सदस्यीय समिति बनाएको थियो। जसमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, महाप्रवन्धक रौनक मल्ल, म्यानेजर बिनोद दास र स्पोन्सरका प्रतिनिधि रहेका थिए।

कमिटीले छनोट गरेको डिजाइन क्यान बोर्डलाई रिपोर्ट गर्ने र बोर्डले अन्तिम निर्णय बताइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell