PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

लुम्बिनीका मुख्यमन्त्री कुल प्रसाद केसीले पाए विश्वासको मत



पूजा पन्थी

लुम्बिनीका मुख्यमन्त्री कुल प्रसाद केसीले पाए विश्वासको मत

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले विश्वासको मत पाएका छन। लुम्बिनी प्रदेश सभा बैठकमा सोमवार उनले विश्वासको मतको प्रस्ताव राखेका थिए। नेकपा एमालेको बहिष्कारबिच विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइएको हो।

४३ प्रदेश सभा सदस्य सहभागी भएकोमा उनले ४२ मत प्राप्त गरि विश्वासको मत हासिल गरेको प्रदेश सभा सभामुख पुर्ण बहादुर घर्तीले जानकारी दिए। उपसभामुख कृष्णी थारु तटस्थ बसेकी थिइन। जनमोर्चा सांसद विपक्षमा बसे पनि विश्वासको मतको पक्षमा मतदान गरेका थिए।

८० सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका ३८, माओवादी(सभामुख सहित) र नेपाली कांग्रेस संग १९/१९ जना, जसपाका ३ र जनमोर्चाका १ जना सांसद छन।

शंकर पोखरेलले राजीनामा दिएपछि साउन २८ गते केसी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell