PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

भक्तपुरको सापारु : ताहामचा निस्कँदा यस्तो देखियो गाईजात्राको दृश्य

भक्तपुरको सापारु : ताहामचा निस्कँदा यस्तो देखियो गाईजात्राको दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आज सापारु। आजको दिन दिवंगत भएका आफन्तहरुको सम्झनामा नेवार समुदायले साया: (गाईजात्रा) निकाल्ने परम्परा रहेको छ।

काठमाडौंमा बालबालिकालाई प्रतीकात्मक रुपमा गाई वा अन्य केही रुप दिएर नगर घुमाउने चलन रहेको छ। भक्तपुरमा भने छुट्टै किसिमले गाई जात्रा मनाइन्छ।

भक्तपुरमा ताहामचा निकालेर गाईजात्रा मनाइन्छ। जात्रा समापनका क्रममा साँझ परालबाट बनेको ताहमाचा र त्यससँगै भैरव नाथसमेत निकालिने प्रचलन छ। यसपटक भने दिउँसै भैरवनाथ निकालिएको थियो।

कोरोना संक्रमणबिच भक्तपुरमा निकालिएको गाईजात्रा हेर्नेको आज भिड लागेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell