PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

माधव नेपाल समूह चन्द्रागिरि रिसोर्टमा : बाहिरी जिल्लाबाट पनि धमाधम आउँदै नेता



पहिलोपोस्ट

माधव नेपाल समूह चन्द्रागिरि रिसोर्टमा : बाहिरी जिल्लाबाट पनि धमाधम आउँदै नेता

काठमाडौं : एकीकृत समाजवादी पार्टी दर्ता गर्न निवेदन दिएका माधवकुमार नेपाल समूहका नेताहरु चन्द्रागिरि रिसोर्ट पुगेका छन्। केन्द्रीय सदस्य, सांसद, केही प्रस्ताविक केन्द्रीय सदस्य सहित करिब १ सय जना नेताहरु चन्द्रागिरि हिल्स रिसोर्ट पुगेको एक सांसदले जानकारी दिए।

'नयाँ पार्टीको विषयमा विधि, पद्धति लगायतका विषयमा छलफल गर्ने नेताहरु जम्मा हुनुभएको हो,' ती सांसदको भनाई छ। रिसोर्टमा एक सय जना नेताहरुका लागि खानेबस्ने व्यवस्था गरिएको छ। भोलि बिहान औपचारिक कार्यक्रम गरेर नयाँ पार्टीको विषयमा के गर्ने भन्ने विषयमा छलफल हुने माधव नेता समूहका नेताले जानकारी दिएका छन्। चन्द्रागिरिबाट काठमाडौं कब्जा गर्न पृथ्वीनारायण शाहले रणनीति बनाएको इतिहासकारहरुले व्याख्या गरेका छन्। त्यसैले कम्युनिस्ट नेताहरु त्यही पुगेर बारम्बार अभिव्यक्ति दिने गरेका छन्। केही दिन अघिमात्रै चन्द्रागिरिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत पुगेका थिए।

भोलिसम्म छलफल नसकिए पर्सि बिहानमात्रै नेता नेपाल समूहका नेताहरु फर्किने कार्यक्रम रहेको छ। चन्द्रागिरिबाट फर्किएपछि सिधैं निर्वाचन आयोगमा सनाखतका लागि जाने तयारी उनीहरुले गरेका छन्। आयोगले उनीहरुलाई बुधवार सनाखतको लागि बोलाएको छ।

त्यस्तै, केही नेताहरु भने बिरामी भएका कारणले आउन सकेका छैनन्। सांसद कृष्णलाल महर्जन कोरोना पोजेटिभ भएका कारण उपस्थित नहुने भएका छन्। त्यस्तै, प्रदीप नेपाल भने भोलिमात्रै सहभागी हुने भनिएको छ।

त्यस्तै, केही नेताहरु जिल्ला बाहिरबाट पनि आउने क्रम जारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell