PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञाको निर्णय गर्न सिडिओको बैठक बस्दै



पहिलोपोस्ट

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञाको निर्णय गर्न सिडिओको बैठक बस्दै

काठमाडौंः काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा के गर्ने भन्ने विषयमा निर्णय गर्ने उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ।

पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आज राति १२ बजेबाट सकिदैंछ। जारी निषेधाज्ञा थप गर्ने तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मौखिक सहमति भइसकेको छ। आज बस्ने बैठकले त्यसलाई औपचारिक निर्णय गर्ने छ।

'बैठक आज बस्छ। निषेधाज्ञालाई कसरी ल्यौजाने भन्ने विषयमा अन्य सम्बन्धित निकायसँग पनि छलफल गरेर निर्णयमा पुग्छौ,' काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने। प्रमुख जिल्ला अधिकारीको बैठक बस्नुअघि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बैठक बोलाइएको छ। डिसिसिएमसीमा भएका निर्णयलाई समेत मध्यनजर गर्दै निषेधाज्ञा बारे निर्णय लिने सिडिओ पराजुलीले जानकारी दिए।

'पछिल्लो राजधानीमा कोभिडको अवस्था कस्तो छ? अब कस्तो हुने देखिन्छ विभिन्न विज्ञहरूको सुझाव लिएर निषेधाज्ञाको मोडिलाटी बनाउँछौँ,' सिडिओ पराजुलीले भने।

यसअघि थप भएको निषेधाज्ञामा राति ८ बजेपछि निजी तथा सार्वजनिक सवारीलाई गुड्न रोक लगाइएको थियो। अहिले पनि काठमाडौं उपत्यकाभित्र दैनिक ५ सय भन्दाबढी सङ्क्रमित थपिरहेका छन्। काठमाडौं उपत्यकाभित्र सङ्क्रमण बढ्न थालेपछि वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञा भए पनि विद्यालय, सिनेमा हल, डान्स बार, होटेल रेष्टुरेष्ट बाहेक अन्य क्षेत्रहरूलाई खुल्ला गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell