PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

नेपाली क्रिकेट टोली ओमन प्रस्थान



पहिलोपोस्ट

नेपाली क्रिकेट टोली ओमन प्रस्थान
तस्बिर: क्यान

काठमाडौं: विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज र पपुवा न्युगिनीसँगको मैत्रीपूर्ण सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमन प्रस्थान गरेको छ। नेपाली टोलीलाई आज नेपाल क्रिकेट संघ क्यानले भर्चुअल कार्यक्रम गर्दै विदाइ गरेको थियो।

सिरिजका लागि १७ सदस्यीय नेपाली टोलीमा नयाँ अनुहारका रुपमा गुलसन झा टिममा परेका छन्। त्रिदेशीय सिरिज अघि नेपाललाई पपुवा न्युगिनीसँग ५ सेप्टेम्बर र ८ सेप्टेम्बरमा दुई खेल हुनेछ।

विश्वकप लिग टू अन्तर्गत नेपालले यसअघि घरेलु मैदानमा ओमन र अमेरिकासँग खेलेको थियो। जसमा नेपालले अमेरिकालाई दुबै खेलमा हराएको थियो भने ओमनसँग दुबै खेलमा पराजित भएको थियो।

ओमन जानुअघि टीयु क्रिकेट मैदानमा प्रशिक्षक डेभ ह्वाटमोर र कप्तान ज्ञानेन्द्र मल्लले वर्षाले अभ्यास प्रभावित पारेको भए पनि राम्रै तयारी भएको बताएका थिए।

'मौसम हाम्रो नियन्त्रणको कुरा त भएन त्यसले सोचेअनुसार हुन सकेन। तर जति सम्भव छ, समय सिफ्ट गरेर हुन्छ कि कसरी हुन्छ, फिटेनेसमा वर्कआउट गरिरहेका छौं,' कप्तान मल्लले भनेका थिए, 'लामो समयपछि लामो फर्म्याटमा खेलिरहेका छौं। त्यसमा पनि युवा खेलाडीहरु ५० ओभरको लामो फर्म्याटमा अभ्यस्त छैन। धेरै कुराहरु ट्राइ गर्ने पनि सोचिरहेका छौं। टिमलाई लिएर। त्यसमा ब्यालेन्स र एक्पोजर मिलाउन खोजिरहेका छौं।'

नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आशिफ शेख, गुलसन झा, आरिफ शेख, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनास बोहोरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell