PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला, हत्याको आशंकामा छोरा प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला, हत्याको आशंकामा छोरा प्रहरी नियन्त्रणमा

जनकपुरधामः धनुषामा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।

जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ५ ललियामा गाडिएको अवस्था एक पुरुष र महिलाको शव फेला परेको हो। उनीहरू दुवै जना एकै घरका सदस्य भएको खुलेको छ। ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

५५ वर्षीय रामवृक्ष मण्डल र उनको बुहारी २१ वर्षीया अमृता मण्डलको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिएका छन्।

मृतक दुवै जना बेपत्ता रहेको गाउँलेहरूले थाहा पाएपछि खोजी गर्ने क्रममा शव गाडिएको अवस्थामा फेला परेको हो।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ३० वर्षीय भागेश्वर मण्डललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए। पक्राउ परेका पुरुष  अमृताका श्रीमान् हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell