PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

माधव नेपाल समूहका नेता बसेको चन्द्रागिरि हिल्सलाई जिल्ला प्रशासनको स्पष्टिकरण, जात्राको भिडभाडमा भने रहेको थियो मौन



पहिलोपोस्ट

माधव नेपाल समूहका नेता बसेको चन्द्रागिरि हिल्सलाई जिल्ला प्रशासनको स्पष्टिकरण, जात्राको भिडभाडमा भने रहेको थियो मौन

काठमाडौं : भिडभाड गराएको भन्दै चन्द्रागिरि हिल्स रिसोर्टलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्पष्टिकरण सोधेको छ।

उक्त रिसोर्टमा प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक बसिरहेको छ। सोमवार रातिदेखि सय जना  सांसद तथा नेताहरु बसेर कोरोना संक्रमणको समयमा भिडभाड गराएको भन्दै स्पष्टिकरण सोधिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए।

कोरोना संक्रमणको समयमा नियम विपरीत भिडभाड गरेको भन्दै स्पष्टिकरण सोधेको सीडीओ पराजुलीले जानकारी दिए। यता गृह मन्त्रालयले भने स्पष्टिकरण बारेमा आफूलाई कुनै पनि जानकारी नभएको बताएको छ। पछिल्लो समय निषेधाज्ञा सम्बन्धि जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई दिइएकाले यस विषयमा आफूलाई कुनै पनि जानकारी नभएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।

काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमण बढेको भन्दै भिडभाड हुने कुनै पनि र्‍याली, जुलुस, पर्व नमनाउन भनिएको छ। त्यस्तै, होटेल तथा रेष्टुरेष्टलाई टेक अवे सुविधा मात्र दिइएको छ। तर, हजारौंको सङ्ख्यामा पर्व मनाउने, र्‍याली तथा बिरोधका कार्यक्रम गरे पनि स्थानीय प्रशासन मौन रहँदै आएको छ। टेक अवे भनिए पनि रेस्टुराँहरु खुलेआम सञ्चालनमा छन्। लगातार तीन दिन बिदा हुँदा काठमाडौं वरपरका सबैजसो रिसोर्टहरु भरिभराउ थिए। त्यतिखेर प्रशासनले कुनै प्रश्न गरेको थिएन। तर, नेता नेपालको समूह रिसोर्टमा बसेको विषयलाई लिएर जिल्ला प्रशासनले प्रष्टिकरण सोध्नुलाई महत्वका साथ हेरिएको छ।

नेकपा एमालेबाट अलग्गिएपछि माधव नेपालले नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। भोलि आयोगमा नयाँ पार्टीका सदस्यको सनाखत हुनेछ। त्यसको पूर्व सन्ध्यामा माधव नेपाल समूहले सोमवार साँझदेखि चन्द्रागिरी हिल्समा कार्यक्रम गरिरहेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell