PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

माधव नेपालको दल दर्ताको प्रकृयामा सनाखत गर्न आयोगले तोक्यो समय



पहिलोपोस्ट

माधव नेपालको दल दर्ताको प्रकृयामा सनाखत गर्न आयोगले तोक्यो समय

काठमाडौं : निर्वाचन आयोगले प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी दर्ताको लागि सनाखत गर्न समय तोकेको छ।

बिहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि समय तोकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। मंगलवार मन्त्रिपरिषद्बाट सिफारिस भएको राजनीतिक दल सम्बन्धि अध्यादेश बुधवार जारी गरिएको थियो। त्यससँगै माधव नेपाल दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए।

बुधवार नयाँ दलको लागि नाम टिपाएका सांसददेखि अन्यलाई सशशरीर उपस्थित हुन आयोगले आग्रह गरेको छ। नयाँ पार्टीबारे छलफल गर्न अहिले माधव नेपाल समुह चन्द्रागिरि रिसोर्टमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell