PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

कतार उठ्न लागेका युवाको लगेजमा ग्यास्ट्रिक हरण चूर्णको बट्टाभित्र गाँजा !



पहिलोपोस्ट

कतार उठ्न लागेका युवाको लगेजमा ग्यास्ट्रिक हरण चूर्णको बट्टाभित्र गाँजा !

काठमाडौंः प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवकलाई लागु औषध गाँजा सहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

आज बिहान कतार एयरवेजको विमानबाट कतारको दोहा जान लागेका चितवन खैरेनी १० का २९ वर्षीय बुद्धराज पाठकलाई नियन्त्रणमा लिएको हो।

उनको कालो रङ्गको लगेजलाई चेक गर्दा ग्यास्ट्रिक हरण चूर्ण, सगरमाथा आयुर्वेदिक औषधी उद्योग लेखिएको सिल गरेको बट्टाहरू भित्र लागू औषध फेला परेको प्रहरीले जानकारी दिएको छ।

आवश्यक अनुसन्धान तथा कारबाहीको लागि लागू औषध नियन्त्रण ब्युरो  कोटेश्‍वर पठाएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell