PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो अर्को वर्ष हुने निर्वाचनमा उपराष्ट्रपति पदमा लड्ने



पहिलोपोस्ट

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो अर्को वर्ष हुने निर्वाचनमा उपराष्ट्रपति पदमा लड्ने
Photo: AFP

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुट्रेटेले अर्को वर्ष हुने निर्वाचनमा उपराष्ट्रपति पदमा लड्ने सहमति गरेका छन्।

पीडीपी-लबान पार्टीका अनुसार रोड्रिगोले उपराष्ट्रपति पदमा लड्न सहमति जनाएसँगै राष्ट्रपति पदमा उनकै सहयोगी एवम् सिनेटर क्रिस टोफर 'बोङ' लाई खडा गरिनेछ।

लबान पार्टीका उपाध्यक्ष कार्लो नोग्रालेसले रोड्रिगोले यो सहमति गरेर 'त्याग' गरेको बताएका छन्।

स्थानीय संचारमाध्यमहरुका अनुसार फिलिपिन्सको संविधान अनुसार रोड्रिगो यसपटक हुने निर्वाचनमा अर्को कार्यकालको लागि लड्न पाउँदैनन्। त्यसैले सत्ताको शक्ति कायम राख्न र राजनीतिक संकटलाई रोक्न उनले उपराष्ट्रपति पदमा लड्ने निर्णय गरेका हुन्।

रोड्रिगोविरुद्ध अन्‍तर्राष्ट्रिय 'क्रिमिनल कोर्ट' (आइसीसी) मा समेत मुद्दा पर्ने सम्भावना रहेको बताइएको छ। ड्रग माफियाविरुद्धको अभियानमा उनले गरेको 'नरसंहार' विरुद्ध अनुसन्धान हुनुपर्ने माग उठिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell