PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

भदौ १६ गतेसम्म लम्बियो काठमाडौंमा निषेधाज्ञाः राति ८ बजेपछि पनि सवारी साधन चलाउन पाइने



पहिलोपोस्ट

भदौ १६ गतेसम्म लम्बियो काठमाडौंमा निषेधाज्ञाः राति ८ बजेपछि पनि सवारी साधन चलाउन पाइने

काठमाडौंः काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा थप लम्बिएको छ।

आज बसेको काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीको बैठकले भदौ १६ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। तर यसपटको निषेधाज्ञमा राति ८ बजेपछि सवारी साधनलाई लगाइएको निषेधाज्ञा भने हटेको छ।

'पहिले राति ८ बजेपछि सवारीमा लगाइएको निषेधाज्ञा खुल्ला गरिएको छ,' ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने।

त्यस्तै २५ जना भन्दाबढी मानिस भेला भएर कुनै पनि सभा, गोष्ठी लगायत गर्न नपाइने भएको छ। कोरोना संक्रमण बढेपछि बैशाख १६ गतेबाट स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell