PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

'तेस्रो धार'का नेताहरु राखेर सुरु भयो एमालेको स्थायी कमिटी बैठक

'तेस्रो धार'का नेताहरु राखेर सुरु भयो एमालेको स्थायी कमिटी बैठक

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ।

माधवकुमार नेपालले पार्टी विभाजन गर्दै नेकपा एकीकृत समाजवादी बनाउन निर्वाचन आयोगमा प्रक्रिया सुरु गरिसकेको अवस्थामा एकताका लागि भन्दै 'तेस्रो धार' का रुपमा देखपरेका नेताहरु सहितको बैठक च्यासलस्थित तुल्सीलाल स्मृती प्रतिष्ठानमा भइरहेको हो।

फागुन २३ पछि नेपाल समूहमा रहेका १० नेतासँग स्थायी कमिटीको यो पहिलो बैठक हो। बैठकमा वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल लगायत दशैजना नेताहरु उपस्थित छन्।

गत वर्ष पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि माधव नेपाल समूहमा रहेका यी 'मध्यमार्गी' नेताहरु ओलीसँग बैठक बसेका थिएनन्। मंसिर ३१ मा उनीहरु अन्तिमपटक बैठकमा बसेका थिए। करिब ८ महिना १० पछिस जना नेता स्थायी कमिटीमा फर्केका हुन्।

बैठकमा पूर्ण माओवादीबाट एमाले प्रवेश गरेका नेताहरु समेत सहभागी भएका छन्। वामदेव गौतम भने बैठकमा उपस्थित छैनन्।

बैठकमा १० बुँदे कार्यान्वयन, पार्टी विभाजन र एकताका बारेमा छलफल हुने बताइएको छ।

यता, एमालेबाट छुटेर एकीकृत समाजवादी निर्माण गरेको माधव समूहको बैठक भने चन्द्रागिरि रिसोर्टमा बसिरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell