PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

एसियन कप क्वालिफायर्सका लागि २३ सदस्यीय महिला फुटबल टोलीको घोषणा



पहिलोपोस्ट

एसियन कप क्वालिफायर्सका लागि २३ सदस्यीय महिला फुटबल टोलीको घोषणा
फाइल फोटो

काठमाडौं: एएफसी महिला एसियन कप क्वालिफायर्सका लागि २३ सदस्यीय फुटबल टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले अन्तिम २३ सदस्यीय महिला टोलीको घोषणा गरेका हुन्।

नेपाली टोलीले सेप्टेम्बर १८ मा फिलिपिन्स र सेप्टेम्बर २१ मा हङकङको सामना गर्दैछ। प्रतियोगिता प्रतियोगिता नेपालमा हुने भनिएको भए पनि कोभिड १९ को महामारीका कारण उज्बेकिस्तानमा स्थानान्तरण गरिएको थियो।

नेपाली टिम

अञ्जना राना मगर, एञ्जिला तोम्बाफो सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, बिमला बिक, बिमला चौधरी, दीपा राई, गीता राना, हीरा कुमारी भुजेल, इन्दिरा राई, मञ्जली तामाङ, निशा थोकर, प्रीति राई, पुजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटे, सविता राना, सरु लिम्बु, शृजना सिंह



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell