PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

म्याद गुज्रिएका सामानमा 'रिलेबलिङ' गर्ने गोदाममा छापा, सञ्चालक भने सम्पर्क विहीन

म्याद गुज्रिएका सामानमा 'रिलेबलिङ' गर्ने गोदाममा छापा, सञ्चालक भने सम्पर्क विहीन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः बालाजुस्थित म्याद गुज्रेका खाद्य सामाग्री रिलेबलिङ गर्ने एक गोदाममा प्रहरीको सहयोगमा वाणिज्य विभागले छापा मारेको छ। नेपाल भेन्चरमा भन्ने कम्पनीमा वाणिज्य विभागको टोलीले आज दिउँसो छापा मारेको हो।

विभागका अनुसार कम्पनीले समयदेखि खान अयोग्य खाद्य बस्तुहरूलाई नयाँ मिति राखेर बजारमा पठाउने गरेको पाइएको छ।

कम्पनीले बिस्कुट, चकलेट, पास्ता, साबुदाना लगायतका विभिन्न किसिमका म्याद सकेको खाद्यवस्तुमा नयाँ मिति राखेर बिक्री गर्दै आएको विभागका प्रवक्ता शिवराज सेढाइले बताए।कम्पनीका सञ्चालक प्रभात देव सम्पर्कमा नरहेको उनले बताए। अनुगमनका क्रममा गोदामबाट एउटा रिलेबलिङ गर्ने मेशिन जफत गरिएको छ। हालको लागि उक्त गोदाम सिल गर्न लागेको प्रवक्ता सेढाइले जानकारी दिए।

भारतबाट म्याद गुज्रिएका खाद्य सामाग्री नेपालमा ल्याउने र त्यसमा नयाँ मिति राखेर बजारमा पठाउने गरेको खुलेपछि विभागका कर्मचारी र प्रहरी टोली गोदाममा पुगेका थियो। यसअघि साउन १७ गते महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौंको सानो भर्‍याङ एक गोदाममा छापा मारेको थियो। यसमा पनि म्याद गुज्रिएको सामान पुन: लेबलिङ गरिएको सामान काठमाडौं उपत्यकाभित्रका ठुला ठुला डिपार्टमेन्ट स्टोरमा पठाउने गरेको खुलेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell