PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

पत्रकार मोहम्मदलाई लागू औषधमा फसाउने योजना : रौतहटका एसपी पनि तानिए, एसएसपीको नेतृत्वमा छानविन समिति गठन



पहिलोपोस्ट

पत्रकार मोहम्मदलाई लागू औषधमा फसाउने योजना : रौतहटका एसपी पनि तानिए, एसएसपीको नेतृत्वमा छानविन समिति गठन

काठमाडौं : रौतहटमा कार्यरत पत्रकार मोहम्मद मोजुबुल्लाहलाई योजनावद्ध रुपमा लागू औषध कारोबारमा प्रहरी र पत्रकार नै मिलेर फसाएको खुलासा भएको छ। सोमबार पत्रकार सम्मेलन नै गरेर पत्रकार मोहम्मदलाई प्रहरी र पत्रकारले नै फसाउन खोजेको जानकारी दिइएको थियो।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सह- सचिव संजय सहनीले योजनाबद्ध रुपमा लागुऔषध राख्न लगाएको खुलेको हो। सहनीको योजनामा जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहको पनि संलग्नता भएको हुनसक्ने आशंकामा प्रहरीले छानविन अगाडि बढाएको छ। सहनी र एसपी शाहबिच कुराकानी भएको अडियो बाहिरिएपछि एसपी शाह अनुसन्धानमा तानिएका हुन्।

प्रहरी प्रधान कार्यालय नक्सालले एसएसपी कृष्णकुमार महतको नेतृत्वमा चार सदस्य छानविन समिति गठन गरिसकेको छ। छानविन हुने भएपछि एसपी शाहलाई जिल्लाबाट तान्ने तयारी समेत भइरहेको छ।

'उहाँलाई हटाएर अनुसन्धान अगाडि बढाउने तयारी भइरहेको छ। छानविन समिति गठन भइसक्यो,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले भने।

घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यलय रौतहटले दुई प्रहरीलाई निलम्बन गरेको छ। महासंघका सह-सचिव सहनीले रौतहट माधव नारायण नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय धिरज यादव र सर्लाही रामनगर गाउँपालिका बस्ने २३ वर्षीय जितेश कुमार यादवलाई प्रयोग गरेर पत्रकार मोहम्मद चढ्ने मोटरसाइकलमा १०५ वटा लागूऔषध नाइट्राभेट राखेको खुलेको छ।

साउन ३२ गते पत्रकार मोहम्मदको मोटरसाइलबाट लागू औषध नाइट्रेभेट फेला परेको थियो। त्यसमा योजनावद्धरुपमा त्यहाँ खटिएका प्रहरी पुगेका थिए। पत्रकारको योजनामा प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज साह पुगेका थिए। उनीहरु घुमुवा प्रहरी हुन्।

सीसी टिभी फुटेजमा गौरस्थित ग्रिन सिग्नल होटेल अगाडि साँझ ७ बजे सडक पेटीमा राखिएको मोटरसाइकलमा केही व्यक्तिहरूले केही सामानहरू झुन्डाइरहेको देखिएको थियो। रौतहट प्रहरीले साउन ३२ गते राति ८ बजे उनलाई नाइट्रोभेटसहित पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell