PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

थप २५२५ जनामा कोरोना संक्रमण, २०८६ जना भए संक्रमण मुक्त



पहिलोपोस्ट

थप २५२५ जनामा कोरोना संक्रमण, २०८६ जना भए संक्रमण मुक्त

काठमाडौं : देशभर थप २ हजार ५२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। १४ हजार ८१० जनाको परीक्षण गर्दा २ हजार ५२५ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा ९ हजार ९०९ जनाको पीसीआर परीक्षण हुँदा ४ हजार ९०१ जनाको एन्टीजेन परीक्षण भएको थियो।

यस्तै, २ हजार ८६ जना कोभिड १९ संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार २५० पुगेको छ।

संक्रमणका कारण थप ३५ जनाको मृत्यु भएको छ। हालसम्म देशभर १० हजार ५६८ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell