PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

हाँडीगाउँको पाय: जात्रा : देवगणहरुले खड्ग बोक्दै गरे नगर परिक्रमा

हाँडीगाउँको पाय: जात्रा : देवगणहरुले खड्ग बोक्दै गरे नगर परिक्रमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नर दे: (हाँडीगाउँ) मा मंगलवार पाय: जात्रा निकालिएको छ। विभन्न देवदेवीको ख्वापा लगाएर देवगणहरुले आज नगर परिक्रमा गर्दै पूजा थापेका हुन्।

हाँडीगाउँमा हरेक वर्ष सापारु (गाइजात्रा) को भोलिपल्ट पाय: निकाल्ने गरिन्छ। खड्ग जात्रासँगै नगर परिक्रमाका क्रममा टोलटोलमा सगुन दिएर पूजा गर्ने प्रचलन रहेको छ।

मानदेवको समयमा विशालनगरका रुपमा स्थापित हालको हाँडीगाउँमा कैशालकुट भवन रहेको क्षेत्र वरपर हरेक वर्ष कयौं पर्व र जात्राहरु हुने गर्छन्। अभियन्ताहरुले कैलाशकुट भवनको उत्खनन गर्नुपर्ने माग गर्दै आएका छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell