PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

यस्तो देखियो बौद्धको रोपाइँ जात्रा, कोभिडका कारण अन्य वर्षहरुभन्दा फरक

यस्तो देखियो बौद्धको रोपाइँ जात्रा, कोभिडका कारण अन्य वर्षहरुभन्दा फरक

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : गाईजात्राको भोलिपल्ट हुने रोपाइँ जात्रा काठमाडौंको बौद्धमा मनाइएको छ। बौद्धमा धुमधामका साथ मनाइने जात्राहरुमध्ये रोपाइँ जात्रा पनि एक हो।

यसपालि कोभिडका कारण सर्वसाधारणलाई बौद्ध स्तुपाभित्र जान मनाही थियो। जात्रा गर्नेहरुलाई मात्र बौद्ध स्तुपा प्रवेशको अनुमति दिइएको थियो। बौद्ध स्तुपा परिसर बाहिर भने जात्रा हेर्न आउनेहरुको निकै भिड नै लागेको थियो।

जात्राको लागि ३ देखि ४ बजेसम्मको समय पनि तोकिएको थियो। कोभिड भन्दा अगाडिका वर्षहरुमा जात्रा स्तुपा परिसर बाहिर रोडमा पनि लाग्ने गरेको थियो। तर, यसपाली भने स्तुपाभित्र मात्र जात्रा गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell