PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

विभिन्न मुद्दामा सजाय तोकिएका फरार चार प्रतिवादी पक्राउ



रासस

विभिन्न मुद्दामा सजाय तोकिएका फरार चार प्रतिवादी पक्राउ

वीरेन्द्रनगर : विभिन्न मुद्दाको कसुरमा सजाय तोकिएका फरार चार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने फरार प्रतिवादीमा चेक अनादर मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका-६ सुर्खेत निवासी प्रकाश शाही र चोरी मुद्दाका कसुरदार वीरेन्द्रनगर नगरपालिका-९ सुर्खेतका प्रदीप थापालाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

सार्वजनिक अपराध मुद्दामा दोषी ठहर वीरेन्द्रनगर नगरपालिका-७ सुर्खेत निवासी धनमाया थापा र खुसल थापालाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। पक्राउ परेका चारै जनालाई प्रहरीले जिल्ला अदालत सुर्खेतसमक्ष उपस्थित गराएको छ।

प्रहरीले आजै चार लाख रुपैयाँ मूल्य बराबरको मूल्य अभिवृद्धि कर (भ्याट) नतिरेको अवैध मालसमान बरामद गरेको छ। कर्णाली प्रदेशको प्रवेशद्वार मानिने अस्थायी प्रहरी पोष्ट बबई चौकीले काठमाडौंबाट सुर्खेततर्फ आउँदै गरेको प्रदेश नं ३ ०१०२३ च ५९४९ नम्बरको सुपरयस गाडी जाँचका क्रममा उक्त अवैध समान बरामद गरेको हो।

प्रहरीले बरामद सामग्री, गाडीसहित गाडी चालक काठमाडौं महानगरपालिका-१४ काठमाडौँ निवासी २८ वर्षीय सुनिलकुमार रैनियालाई नियन्त्रण लिई थप अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय कोहलपुर बाँके पठाइएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell