PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

प्रदेश २ मा माधव पक्ष बलियो, ओली पक्षका नेता मण्डल भन्छन्, ‘एकीकृत समाजवादी गद्दारहरुको पार्टी हो’



राधेश्याम पटेल

प्रदेश २ मा माधव पक्ष बलियो, ओली पक्षका नेता मण्डल भन्छन्, ‘एकीकृत समाजवादी गद्दारहरुको पार्टी हो’

वीरगंज : नेकपा एमाले टुक्रिएपछि प्रदेश २ मा माधव नेपाल पक्षको नेकपा (एकीकृत समाजवादी) बलियो अवस्थामा पुगेको छ। पुराना नेता तथा कार्यकर्ताहरुमा भागबण्डा गर्दा माधव नेपाल पक्षमा बढी नेताहरु जाने देखिएपछि अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुलाई तनाव सिर्जना भएको छ।

एमाले नेता माधव नेपाल पक्षले निर्वाचन आयोगमा नेकपा (एकीकृत) समाजवादी दल दर्ताका लागि निवेदन दिएको छ। भदौ ९ गतेसम्म निर्वाचन आयोगले सनाखतको लागि माधव नेपाल पक्षले बोलाएको छ। केन्द्रीय सदस्यको २० प्रतिशतले अर्को दल दर्ता गर्ने अध्यादेशमा व्यवस्था आएपछि २०१ केन्द्रीय सदस्य रहेको नेकपा एमालेको ५८ जना केन्द्रीय सदस्यहरुले हस्ताक्षरसहित नेकपा (एकीकृत) समाजवादीको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

दलको प्रमाणपत्र आयोगले दिएपछि आधिकारिक रुपमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको प्रकृया पुरा हुनेछ। प्रमाण पत्र पाएको २१ दिनभित्र प्रदेश सभा सदस्य, पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यलगायत जनप्रतिनिधिहरुले दल रोज्ने नेकपा (एकीकृत) समाजवादीले म्याद दिने छ। त्यसैको अधारमा ओली पक्षको एमालेभन्दा माधव पक्ष प्रदेश २ मा बलियो अवस्थामा रहेको सिद्ध गर्न सक्रिय बनेको माधव पक्षका नेताहरुले बताएका छन्।

साबिक नेकपा एमालेको प्रदेश २ को सह–अध्यक्ष एवं माधव नेपालको नयाँ दर्ता हुन लागेको पार्टीको केन्द्रीय सदस्य नागेन्द्र चौधरीका अनुसार प्रदेश २ मा ११ जना प्रत्यक्ष र १० जना समानुपातिकबाट कुल २१ जना एमालेको प्रदेश सासदहरु मध्ये १३ जना प्रदेश सांसदहरु माधव पक्षको पार्टीमा आउने सम्भावना छ। त्यसैगरी, १३६ वटा पालिका (गापा,नपा,उपमनपा,मनपा) मध्ये २७ वटामा पालिका प्रमुख,उपप्रमुख निर्वाचित जनप्रतिनिधि छन्, करिब ६ सयको हाराहारीमा रहेको जनप्रतिनिधि मध्येमा पनि करिब ४ सय आफूहरुको पार्टीमा आउने उनले दाबी गरे।

प्रदेश सभामा एमालेबाट चुनाव जितेका प्रदेशसभा ससदस्यमध्ये अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेंची लुंगेली, शत्रुधन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र हसिमा खातनु नेपाल समूहमा लागेका छन्। त्यस्तै, ओली समूहमा सत्यनारायण मण्डल, अनिताकुमारी यादव, किशोरी साह कमल, जगतारेन देवी सुडिन, मनोजकुमार सिंह, लगनलाल चौधरी, शारदादेवी थापा र त्रिलोकी प्रसाद रहेका छन्। प्रदेश २ मा ३२ केन्द्रीय सदस्य रहेकोमा दुबै पक्ष बराबरको हैसियतमा रहेको भने सय जनाको प्रदेश कमिटीमा ६० जना माधव समूहमा छन् भने ४० जना ओली समूहमा। त्यस्तै प्रदेश २ को ८ जिल्लामध्ये ६ जिल्लामा माधव समूह मजबुत स्थितिमा छ। ५ जिल्लामा माधव समूहले जिल्ला कमिटीको नेतृत्व नै गरिरहेको छ।

‘एमाले समाजवादी गद्दारहरुको पार्टी हो’

नेकपा एमाले ओली पक्षका नेता सत्यनारायण मण्डलले माधव नेपाल पक्षले बनाउन लागेको पार्टी एमालेसँग गद्दारी गरी खडा गरेको पार्टी भएको संज्ञा दिएका छन्। ‘प्रदेश २ मा उनीहरुको बहुमत हुन्छ भन्ने हामीलाई पनि लागेको छ, तर उनीहरु गद्दार, गुन्डा र अपराधी हुन्,’ मण्डलले भने, ‘धेरै दिन उनीहरुको राजनीति चल्दैन।’ ५३ वर्षको राजनीतिक चरित्र विश्लेषण गर्दै उनले पार्टीसँग गद्दारी गरी पद र पैसाको लागि जे पनि गर्ने गिरोहको रुपमा नेकपा एमाले अघि बढेको उनले औल्याए। उनले पार्टीले हालसम्म प्रदेश २ का माधव पक्षका नेताहरुलाई कारबाही गरेको छैन, जसरी अवस्था बदलिदै जान्छ, पार्टीले कारबाही गर्दै जाने उनले स्पष्ट पारे। 'पार्टी टुक्रिँदा आफ्नो मन रोएको पनि सुनाए। नेताहरुले पार्टीको विधिविधानलाई मानेनन्, विपक्षीलाई गएर सघाएर देउवालाई प्रधानमन्त्री बनाए। अदालतको परमादेशबाट बनेको प्रधानमन्त्रीले देशमा लोकतन्त्रको रक्षा गर्न सक्दैनन, त्यसै काममा हाम्रा नेताहरु लाग्या छन्,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell