PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

अफगानिस्तानबाट ७ सय ९२ जनाको उद्धार



पहिलोपोस्ट

अफगानिस्तानबाट ७ सय ९२ जनाको उद्धार

काठमाडौंः अफगानिस्थानमा रहेका नेपालीहरूको उद्धार जारी रहेको गृह मन्त्रालयले जानकारी दिएको छ।

अहिलेसम्म अफगानिस्तानबाट ७ सय ९२ जनाको उद्धार गरिसकेको जानकारी दिएको छ। अफगानस्थानमा तालिवानीहरुले सत्ता कब्जा गरेपछि विभिन्न देशले त्यहाँ रहेका आफ्ना नागरिकहरू फिर्ता लगिरहेको छ। भदौ १ गते अफगानिस्तानमा रहेका १ सय १८ जना नेपालीहरू स्वदेश फर्किएका थिए। अफगानस्थानमा अमेरिकी दूतावासमा काम गर्ने नेपालीहरू पहिलो लटमा स्वदेश फर्किएका हुन्।

त्यसपछि पनि नेपालीहरू उद्धार गर्ने क्रम जारी गरेको गृह मन्त्रालयले दाबी गरेको छ। त्यस्तै अफगानिस्तानमा रहेर आफ्ना कोही नातागोता, परिवारका सदस्य भए नजिकैको प्रहरी कार्यालय, स्थानीय तह, परराष्ट्र मन्त्रालयमा जानकारी दिनसमेत अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell