PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

टुरिस्ट बसमा सांसद तथा केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग पुगे माधव नेपाल



पहिलोपोस्ट

टुरिस्ट बसमा सांसद तथा केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग पुगे माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टी दर्ता प्रक्रियाको लागि सनाखत गराउन माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन्।

सोमबार रातिदेखि चन्द्रागिरि रिसोर्ट बसेका नेपाल समुह सवा ११ बजे टुरिस्ट बसमा सांसद र केन्द्रीय सदस्यहरू सहित आयोग पुगेका हुन्।

निर्वाचन आयोगले आज बिहान साढे ११ बजेदेखि २ बजेसम्म सनाखतको लागि समय तोकेको छ। आयोगले स-शरीर सांसद तथा केन्द्रीय सदस्य उपस्थित हुन अनुरोध गरेको थियो।

दल दर्ताको लागि आवश्यक पर्ने सांसद र केन्द्रीय सदस्य दुवैको सङ्ख्या पुग्ने पूर्व मन्त्री तथा सांसद प्रेम आलेले जानकारी दिए। ३२ जना सांसद उपस्थित भएको सांसद आलेले जानकारी दिए। यस्तै, सनाखतका लागि ६१ जना केन्द्रीय सदस्य आयोग पुगेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell