PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

सांसद रेशम चौधरीको कारागारबाट नै सनाखत !



पहिलोपोस्ट

सांसद रेशम चौधरीको कारागारबाट नै सनाखत !
फाइल फोटो

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी दल दर्ताको प्रकृयाको लागि निर्वाचन आयोग पुगेको छ।

१५ जना सांसदको सनाखत गराउने भए पनि सांसद रेशम चौधरीले सांसदको रुपमा सनाखत गर्न पाउने छैनन्। उनलाई कार्यकारीणी सदस्यको हकमा सनाखत गराइने छ। चौधरीलाई कारागारबाट नै सनाखत गरिने नेता राजेन्द्र महतोले जानकारी दिए।

राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। २०७२ भदौ ७ गते मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुर घटनाको कारण उनी अहिले अदालतको फैसला अनुसार कारागार जीवन बिताइरहेका छन्।

निर्वाचन आयोगले आज बिहान साढे ११ बजेदेखि २ बजेसम्म सनाखतको लागि समय तोकेको थियो। आयोगले शशरिर सांसद तथा केन्द्रीय सदस्य उपस्थित हुन अनुरोध गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell