PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

लोसपा दर्ताका लागि सांसद र केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग पुगे महन्थ ठाकुर



पहिलोपोस्ट

लोसपा दर्ताका लागि सांसद र केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग पुगे महन्थ ठाकुर

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि महन्थ ठाकुर पक्ष निर्वाचन आयोग पुगेको छ। जनता समाजवादी पार्टीबाट फुटेर सांसद र केन्द्रीय सदस्यहरुको सनाखत गराउन महन्थ ठाकुर समूहका नेता निर्वाचन आयोगमा पुगेका हुन्। लसोपा दर्ताका लागि संघीय संसदका १६ जना सांसद् सनाखतका लागि आयोग पुगेको नेताहरुले बताएका छन्।

नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता प्रक्रियामा रहेको माधव कुमार नेपाल पनि अहिले निर्वाचन आयोगमा छ।

लोकतन्त्रिक समाजवादी पार्टी सनाखत गराउन पुगेका नेताहरुहरुले पार्टी दर्ता भएपछि आफूहरु सरकारमा सहभागी हुन सक्ने बताएका छन्। आधिकरिकता मिलेपछि सरकारमा जाने नजाने भन्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सत्तारुढ दलसँग छलफल गरेर अघि बढ्ने नेताहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell