PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

१४ सांसदलाई गरिएको कारवाही कार्यान्वयन नहुनु एमाले विभाजनको कारण बन्यो : प्रदीप ज्ञवाली



पहिलोपोस्ट

१४ सांसदलाई गरिएको कारवाही कार्यान्वयन नहुनु एमाले विभाजनको कारण बन्यो : प्रदीप ज्ञवाली

काठमाडौं : नेकपा एमालेले प्रमुख प्रतिपक्षी दल फुटाउन नै शेरबहादुर देउवा सरकारले अध्यादेश ल्याएको बताएको छ। आज पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले सत्तारुढ दल र सभामुख एमाले विभाजनमै केन्द्रित भएको बताएका हुन्।

आफूहरुले १४ जना सांसदहरुलाई गरेको कारवाही सभामुखले स्वीकृत नगरेको भन्दै उनले सभामुखले पनि विभाजनमा साथ दिएको आरोप लगाएका छन्। १४ सांसदलाई गरिएको कारवाही कार्यान्वयन नहुनु नै एमाले विभाजनको कारण बनेको उनले बताए।

'प्रमुख प्रतिपक्षी दललाई विभाजन गर्नै अध्यादेश ल्याइएको हो। १४ जना सांसदलाई गरिएको कारवाही बारे सभामुखलाई जानकारी गराइए पनि त्यो कार्यान्वयन भएन। यो एमाले विभाजनको कारण बन्यो। सभामुखले पार्टी विभाजनमा साथ दिए' उनले भने।

ज्ञवालीले संसद सचिवालयले समेत कारवाही गरिसकेका सांसदहरुको पत्र विचारधिन रहेको भन्दै निर्वाचन आयोगलाई जानकारी दिएकोमा आपत्ति जनाए। ज्ञवालीले कारवाही गरेका सांसदहरुलाई लिएर नयाँ दल गठन गर्नु असंवैधानिक रहेको समेत बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell