PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

बामदेव गौतम आउनुभएको छैन, पर्खिएर बसिरहेका छौं: जगनाथ खतिवडा



पहिलोपोस्ट

बामदेव गौतम आउनुभएको छैन, पर्खिएर बसिरहेका छौं: जगनाथ खतिवडा

काठमाडौंः नेकपा एकीकृत समाजवादी पार्टी दर्ता प्रक्रियाको लागि निर्वाचन आयोगमा सनाखत भइरहेको छ।

पार्टीका केही नेताहरू आउने क्रम चलिरहेको प्रस्तावित एकीकृत समाजवादी पार्टीका नेता जगनाथ खतिवडाले जानकारी दिए। उनले आफूले ४१ ‌औँ नम्बरमा सनाखत गरेको समेत बताए। माधव नेपाल समुहले नेता बामदेव गौतम पनि निर्वाचन आयोग आउने अपेक्षा गरेको छ। तर अहिलेसम्म नेता गौतम आयोग पुगेका छैनन्।

'बामदेव गौतम आउनु भएको छैन। पर्खिएर बसिरहेका छौँ,' नेता खतिवडाले भने। गौतम पक्षका नेता हरि पराजुली भने आयोग पुगिसकेका छन्।

त्यस्तै भारतको एपोलो अस्पतालमा उपचार गराइरहेका नेता झलनाथ खनालको सनाखत अस्पतालबाट नै मिलाइएको समेत जानकारी दिए। भारतीय दूतावासको सहयोगमा परराष्ट्र मन्त्रालयबाट कागजपत्र प्रमाणित गराएर सनाखतको व्यवस्था मिलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell