
काठमाडौं : प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता प्रक्रियाको लागि निर्वाचन आयोगमा २९ सांसदले सनाखत गरेका छन्।
अहिले पनि आयोगमा सनाखत प्रक्रिया चलिरहेको छ। आयोग पुगेका ४ सांसदको भने सनाखत गर्न नमिल्ने आयोगले जनाएपछि माधव नेपाल सहितका नेता र आयोगका आयुक्तबिच छलफल चलिरहेको पार्टीका नेता विरोध खतिवडाले जानकारी दिए। पार्टी दर्ता गर्दा सूचिमा नभएका र पछि नेकपा एमालेबाट नेपाल समूहमा आएका चार जना सांसदको सनाखतमा अलमल भएको हो।
त्यस्तै ५५* जना केन्द्रीय सदस्यको समेत सनाखत भएको छ। ४ जना केन्द्रीय सदस्यको सनाखत गर्ने क्रममा रहेका छन्। भारतको एपोलो अस्पतालमा उपचार गराइरहेका नेता झलनाथ खनालको पनि सनाखत भइसकेको छ।
*यसअघि ५७ भएकोमा सच्याइएको