PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

निर्वाचन आयोगमा महन्थको लोसपा : क-कसले गराए सनाखत ?



पहिलोपोस्ट

निर्वाचन आयोगमा महन्थको लोसपा : क-कसले गराए सनाखत ?

काठमाडौं : प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी दर्ताको लागि सनाखत प्रक्रिया सकिएको छ।

बिहान साढे ११ बजेदेखि निर्वाचन आयोगमा भएको सनाखत प्रक्रिया सकिएको हो। लोसपाबाट १४ सांसद र १७ साविकका कार्यकारिणी सदस्यले सनाखत गराएका छन्।

सांसद रेशम चौधरीले भने कार्यकारिणी सदस्यको हैसियतल डिल्ली बजार कारागारबाट नै सनाखत गरेका हुन्।

क-कसले गरे सनाखत ?

महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्रनाथ शुक्ल, वृझेचन्द्र लाल, जितेन्द्र प्रसाद सोनार, उपेन्द्रकान्त झा, चन्दा चौधरी,लक्ष्मण लाल कर्ण, राजकुमार लेखी, केशव कुमार झा, अकबहाल अहमत शाह, निर्जला राउत, सुनिल कुमार झा, दानबहादुर विश्वकर्मा र रेशम चौधरीले सनाखत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell