
काठमाडौं : प्रस्तावित नेकपा एकीकृत समाजवादी सांसद रामकुमार झाँक्रीले पार्टीमा आउन चाहानेहरुका लागि ढोला खुल्ला नै राख्ने बताएकी छिन्।
निर्वाचन आयोगमा सनाखत गर्न पुगेकी सांसद झाँक्रीले कम्युनिष्ट आन्दोलनको पुनर्जागरणको बिचारमा सहमत हुनेहरुका लागि आउन चाहे ढोका खुल्ला भएको बताएकी हुन्।
'वामदेव कमरेडले त एमालेमा राजीनामा गरेर आउँछु भन्ने कुरा मिडियाहरुमा बोलेको सुनेको थिएँ,' सांसद झाँक्रीले भनिन्।
बिहान साढे ११ बजेदेखि निर्वाचन आयोगमा भएको सनाखत प्रकृया अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगमा २९ सांसदले सनाखत गरेका छन्। त्यस्तै, ५५ जना केन्द्रीय सदस्यले सनाखत गरेका छन्।