PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

माधव नेपाललाई छोडेर ओलीतिर जानेमाथि मेटमणि चौधरीको टिप्पणी : लडाईँको मैदानमा युद्ध गर्न सबैको ल्याकत पुग्दैन



पहिलोपोस्ट

माधव नेपाललाई छोडेर ओलीतिर जानेमाथि मेटमणि चौधरीको टिप्पणी : लडाईँको मैदानमा युद्ध गर्न सबैको ल्याकत पुग्दैन

काठमाडौं : माधवकुमार नेपाल पक्षबाट अलग्गिएर केपी ओली नेतृत्वको नेकपा एमालेमा फर्केका सांसदहरुले युद्धको मैदानमा लड्न नसेको सांसद मेटमणि चौधरीले आरोप लगाएका छन्।

पार्टी दर्ता प्रकृयामा सनाखत गर्न निर्वाचन आयोग पुगेका चौधरीले क्रान्तिको लागि उनीहरुले आँट गर्न नसकेको बताए। 

'सबै मान्छेहरु लडाईँको मैदानमा युद्ध गर्ने ल्याकत राख्दैनन्। त्यो आँट हामीले गर्‍यौं,' सांसद चौधरीले भने।

त्यस्तै, उनले त्यसरी फर्किएर गएका सांसदहरु चाँडै आफ्नो पार्टीमा आउनेसमेत बताए। आयोगले पार्टी दर्ताको प्रमाणपत्र दिएपछि सरकारमा जाने तयारी समेत भएको उनले बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell