PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

सानेपा पुगे रामचन्द्र र प्रकाशमान : रिले अनसनमा बसेका जिल्ला सभापतिलाई दिए ऐक्यबद्धता



पहिलोपोस्ट

सानेपा पुगे रामचन्द्र र प्रकाशमान : रिले अनसनमा बसेका जिल्ला सभापतिलाई दिए ऐक्यबद्धता

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादलाई लिएर पार्टीको केन्द्रीय कार्यालयमा नेता र कार्यकर्ताहरुले धर्ना जारी छ।

आज नुवाकोटका सभापति जगदीशनरसिंह केसी, काभ्रेका सभापति मधु आचार्य, धादिङका रमेश धमलाले रिले अनशन बसिरहेका छन्।अनसनमा ऐक्यबद्धता जनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सानेपा पुगेका छन्।

पौडेल सहित पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाबिच बिच क्रियाशील सदस्यता विवाद समाधान भएको भनिएपनि पौडेल पक्षका जिल्ला सभापतिहरु अनसनमा बसेका हुन्। अनसनमा समर्थन जनाउन पौडेल आज सानेपा पुगेका हुन्।

यस्तै, अनसन बसिरहेका नेता र कार्यकर्ताहरुक मागमा ऐक्यबद्धता जनाउन नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला पनि सानेपा पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell