PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

क्रियाशील सदस्यता विवरण सार्वजनिक सम्बन्धमा पौडेललाई देउवाको जवाफ : मैले भनिसक्या छु, किन धर्ना बस्नुपर्‍यो ?



पहिलोपोस्ट

क्रियाशील सदस्यता विवरण सार्वजनिक सम्बन्धमा पौडेललाई देउवाको जवाफ : मैले भनिसक्या छु, किन धर्ना बस्नुपर्‍यो ?

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादलाई लिएर पार्टीको केन्द्रीय कार्यालयमा नेता र कार्यकर्ताहरुको धर्ना जारी छ। आज नुवाकोटका सभापति जगदीशनरसिंह केसी, काभ्रेका सभापति मधु आचार्य, धादिङका रमेश धमलाले रिले अनशन बसिरहेका छन्। अनसनमा ऐक्यबद्धता जनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सानेपा पुगेका छन्।

नेता पौडेलले अनसन बसेका नेता, कार्यकर्ताहरुलाई आफूले सभापति शेरबहादुर देउवालाई विवाद समाधान कार्यदलले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न भनिसकेको बताए। क्रियाशील छानबिन समितिले गरेका कामहरु हुबहु कम्युटरमा नगएको कुरा गुनासो आएको भन्‍दै आफूले सभापतिलाई भनेको पौडेलले बताएका हुन्।

जवाफमा देउवाले, 'मैले भनिसक्या छु, किन धर्ना बस्नुपर्यो, भन्नुभयो' भनेर भनेको पौडेलले बताए।

आफूले सभापतिसँग भएको कुराकै आधारमा जिल्ला सभापतिहरुलाई प्रतिवेदन सार्वजनिक हुन्छ भनेर भनेको तर अहिलेसम्म सार्वजनिक नभएको उनले बताए।

पौडेलले पार्टीलाई मजबुत बनाउन पारदर्शी हुनुपर्छ बताए। चुनाव गर्न भएपनि अहोरात्र खटेर महाधिवेशन गर्नुपर्ने उनले बताए।

पौडेल सहित पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाबिच बिच क्रियाशील सदस्यता विवाद समाधान भएको भनिएपनि पौडेल पक्षका जिल्ला सभापतिहरु अनसनमा बसेका हुन्। अनसनमा समर्थन जनाउन पौडेल आज सानेपा पुगेका हुन्।

यस्तै, अनसन बसिरहेका नेता र कार्यकर्ताहरुक मागमा ऐक्यबद्धता जनाउन नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइराला पनि सानेपा पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell