PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

दुई दिनमा ६५ हजारले लगाए खोप, आज थपिए २४८२ जना संक्रमित



पहिलोपोस्ट

दुई दिनमा ६५ हजारले लगाए खोप, आज थपिए २४८२ जना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा २ हजार ४८२ जना कोभिड १९ संक्रमित थपिएका छन्। १५ हजार २९० जनाको परीक्षण गरिएकोमा २ हजार ४८२ जनामा संक्रमण देखिएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७८१ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार २८७ पुगेको छ।

यस्तै, संक्रमणका कारण थप ४४ जनाको मृत्यु भएको छ। देशभर हालसम्म संक्रमणका कारण १० हजार ६१२ जनाको मृत्यु भइसकेको छ।

मन्त्रालयका अनुसार पछिल्लो दुई दिनमा ६५ हजार ६६ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्। हालसम्म ४९ लाख ५६ हजार ४५५ जनाले खोपको पहिलो मात्रा लगाइसकेका छन् भने ३९ लाख ९ हजार ९४१ जनाले खोपको पूर्ण खोप लगाएका छन्।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell