PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, माधव नेपाललाई साथ दिनेलाई ओलीले कारवाही गर्ने



पहिलोपोस्ट

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, माधव नेपाललाई साथ दिनेलाई ओलीले कारवाही गर्ने

काठमाडौं : पार्टी फुटपछि नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बस्दैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिस्ठानमा दिउँसो १२ बजे बैठक बस्न लागेको हो।

आजको बैठकबाट विभाजनलाई साथ दिने पार्टीका केन्द्रीय सदस्यहरुलाई कारवाही गर्ने तयारी एमालेले गरेको छ। यसअघि एमालेले आफ्ना पार्टीका १४ सांसदलाई कारवाही गर्ने निर्णय गरेको थियो। यद्यपि सभामुखले साथ नदिएपछि त्यो कारवाही खेर गयो।

त्यसैगरी बैठकले तेस्रो धारका नेताहरुसँग स्थायी कमिटीले गरेको १० बुँदे निर्णय पनि अनुमोदन गर्नेछ।

एमालेले मंसिरमा महाधिवेशन तोकेको छ। यसबारेमा पनि केन्द्रीय कमिटीमा छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell