PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

सन्दीपले हुरिकेन्सबाटै बिग ब्यास लिग खेल्ने



पहिलोपोस्ट

सन्दीपले हुरिकेन्सबाटै बिग ब्यास लिग खेल्ने

काठमाडौं: नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले आगामी सिजनको बिग ब्यास लिग (बीबीएल) होबर्ट हुरिकेन्सबाटै खेल्ने भएका छन्। हुरिकेन्सले आज एक विज्ञप्ति निकाल्दै लामिछानेले हुरिकेन्सबाटै बीबीएल खेल्ने जनाएको हो।

अघिल्लो सिजन हुरिकेन्सबाट ८ खेलमा ८ विकेट लिएका लामिछानेको राम्रो प्रदर्शन रहेको थियो। सन् २०१८ को सिजनमा मेलबर्न स्टार्सबाट बीबीएलमा डेभ्यु गरेका थिए।

'मैले अघिल्लो सिजन हुरिकेन्समा धेरै इन्जोए गरेको थिएँ। यो वर्षपनि पुरा प्रतियोगिता त्यहाँबाट खेल्न पाउँदा एकदमै खुशी छु,' लामिछानेले भनेका छन्, 'अघिल्लो वर्ष हामीसँग राम्रो टिम थियो। ती मध्ये धेरैजसोले यो वर्ष पनि खेल्दैछौं। त्यहाँ एक सिजन पुरा बिताउँदा प्रदर्शनलाई बलियो बनाउने र टिमको सफल वर्ष बनाउन योगदान गर्ने आशा छ।'

सन्दीप हाल विश्वकप लिग२ अन्तर्गतको त्रिदेशिय सिरिजका लागि ओमनमा छन्। यो वर्ष कोभिड महामारी चलिरहँदा फ्रेन्चाइज क्रिकेटमा सहभागिता जनाउन उनलाई कठीन परिरहेको छ। पछिल्लो समय पाकिस्तान सुपर लिग, भाइटालिटी क्रिकेट, द हण्ड्रेल लगायतका प्रतियोगतामा अनुबन्धित भएर पनि सहभागिता जनाउन सकेनन् भने पछिल्लो सिजन  इण्डियन प्रिमियर लिगमा अनुबन्धित भएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell