PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भीम आचार्य प्रदेश १ को एमाले संसदीय दलको नेतामा सर्वसम्मतले चयन, आजै मुख्यमन्त्री बन्ने



अनन्तराज न्यौपाने

भीम आचार्य प्रदेश १ को एमाले संसदीय दलको नेतामा सर्वसम्मतले चयन, आजै मुख्यमन्त्री बन्ने

विराटनगर : प्रदेश १ को एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्। प्रदेश १ एमाले संसदीय दलको बैठकबाट उनलाई संसदीय दलको नेतामा सर्वसम्मतले चयन गरेको हो।

एमाले प्रदेश १ को संसदीय दलको बैठक भने जारी छ। आजै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी रहेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले 'ग्रिन सिग्नल' दिएसँगै प्रदेश १ को मुख्यमन्त्री परिवर्तन हुन लागेको हो। प्रदेश १ का मुख्यमन्त्रीमा हाल एमालेका शेरधन राई रहेका छन्। उनको ठाउँमा एमालले आचार्यलाई मुख्यमन्त्री बनाउन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell