PahiloPost

Jul 3, 2024 | २० असार २०८१

शेरधन राईले दिए राजीनामा, मुख्यमन्त्रीमा भीम आचार्य सिफारिस हुँदै



पहिलोपोस्ट

शेरधन राईले दिए राजीनामा, मुख्यमन्त्रीमा भीम आचार्य सिफारिस हुँदै
फोटो : ध्रुव सुवेदीको फेसबुकबाट

विराटनगर : प्रदेश १ का मुख्यमन्त्रीबाट शेरधन राईले राजीनामा दिएका छन्। नेकपा एमालेको वर्चश्वलाई कायम राख्नका लागि उनले पद त्याग गरेका हुन्। नेकपा एमालेको प्रदेश १ को संसदीय दलको बैठकपछि आफूले राजीनामा दिएको राईले जानकारी गराए।

'पछिल्ला यावत समस्या र खासगरी नेकपा एमाले र एमालेको प्रभाव तथा वर्चश्वलाई कायम गर्ने, सरकार जस्ताकोजस्तै राख्ने योजनाअनुसार मेरो प्रस्तावमा भीम आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो,' राईले संसदीय दलको बैठकपछि छोटो प्रतिक्रिया दिँदै भने। 

उनले संसदीय दलका नेता आचार्यलाई मुख्यमन्त्रीका रुपमा पार्टीबाट सिफारिस गरिने पनि जानकारी गराए।

संसदीय दलको नेतामा आचार्य
संसदीय दलको निर्वाचनमा राईसँग पराजित भएका भीम आचार्य अहिले माधवकुमार नेपाल कित्ताबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा पुगेका छन्। नेकपा एमाले विभाजनको असर कम बनाउन राईले पदत्याग गर्दै संसदीय दलको नेतृत्व सुम्पेका हुन्। प्रदेश १ मा नेकपा एमालेको ५१ सांसद छन्। तीमध्ये २४ जना सांसद आजको बैठकमा उपस्थित थिए।

प्रदेश १ मा कति जना सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा उत्रिन्छन् यकिन छैन। त्यो संख्याले नै यहाँको सत्ता फेरबदलमा निर्णायक भूमिका खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell