PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

माधव नेपालले बोलाए आकस्मिक पत्रकार सम्मेलन



पहिलोपोस्ट

माधव नेपालले बोलाए आकस्मिक पत्रकार सम्मेलन
फाइल फोटो

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ।

अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुको उपस्थितिमा दिउँसो २ बजे पत्रकार सम्मेलन हुने जानकारी दिए। बुद्धनगरस्थित क्वालिटी बैकेटमा नेकपा समाजवादीले पत्रकार सम्मेलन गर्न लागेको हो। बुधवारमात्रै सो पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो।

नेकपा एमालेका निवर्तमान वरिष्ठ नेता रहेका नेपालले नयाँ दल बनाएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्न लागेका हुन्। यस्तै, नेपाललाई छाडेका नेताहरु एमालेले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुँदैछन्। पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार नेपालको पार्टीमा गएका र आज अनुपस्थिति हुनेलाई एमालेले कारवाही गर्ने तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell