PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

सपना बिहेको, यात्रा दुवईको, उद्देश्य १५ हजार दिराममा बिक्री!



पहिलोपोस्ट

सपना बिहेको, यात्रा दुवईको, उद्देश्य १५ हजार दिराममा बिक्री!

काठमाडौं : प्रहरीले मानव बेचविखन गरेको आरोपमा एक युवकलाई नियन्त्रमा लिएको छ।

मानव बेचविखन अनुसन्धान व्यूरोको टोलीले अर्घाखाँची भुमिकास्थान नगरपालिका घर भएका ३३ वर्षीय मधु श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। साउन १७ गते प्रहरीले नियन्त्रणमा लिएका श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंको आदेशमा पुर्पक्षको लागि केन्द्रीय कारागार सुन्धारा पठाइसकिएको प्रहरीले जानकारी दिएको छ।

उनले  २०७७ कार्तिक २५ गते एक महिलालाई दुवईमा गएर पैसा कमाएपछि बिहे गर्ने भन्दै बिक्री गरेको उजुरी परेको थियो। त्यसअघि उनले महिलाई आफ्नो श्रीमतीसँग राम्रो सम्बन्ध नभएको भन्दै तीन दिनसम्म गेष्ट हाउसमा राखेर यौन सम्बन्ध समेत राखेको पीडित महिलाले उजुरी दिएकी थिइन्। त्यसपछि महिलासँग १ लाख ३० हजार रुपैयाँ लिएर दुवई पुर्‍याएपछि अरबीको घरमा १५ हजार दिराममा बिक्री गरेका थिए।

अरबीले आफूले किने भन्दै महिलालाई जबरजस्ती यौन सम्बन्ध राख्ने गरेका थिए। त्यसपछि उनी भागेर नेपाल फर्किएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell