PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पत्रकार गिरफ्तार प्रकरण : रौतहटका प्रहरी प्रमुखलाई अनुसन्धानका लागि बोलाइयो मुख्यालय



पहिलोपोस्ट

पत्रकार गिरफ्तार प्रकरण : रौतहटका प्रहरी प्रमुखलाई अनुसन्धानका लागि बोलाइयो मुख्यालय

काठमाडौं : रौतहटमा कार्यरत पत्रकार मोहम्मद मोजुबुल्लाहलाई योजनावद्ध रुपमा लागू औषध कारोबारमा फसाइएको प्रकरणमा छानविनका लागि रौतहट जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहलाई काठमाडौं बोलाइएको छ। प्रहरी प्रधान कार्यालयले बयानको लागि बुधवार काठमाडौं झिकाएको हो। एसपी शाह बिहीवार नै काठमाडौं आएका छन्।

प्रहरी र एक अर्का पत्रकार नै मिलेर मोहम्मदलाई फसाएको खुलासा भएको थियो। सोमवार पत्रकार सम्मेलन नै गरेर पत्रकार मोहम्मदलाई प्रहरी र पत्रकारले नै फसाउन खोजेको जानकारी दिइएको थियो। नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सह- सचिव संजय सहनीले योजनाबद्ध रुपमा लागुऔषध राख्न लगाएको खुलेको हो। त्यही बिच पत्रकार सहनी र एसपी शाह बिच भएको टेलिफोन कुराकानी बाहिरिएपछि उनी अनुसन्धानमा तानिएका हुन्।

प्रहरी प्रधान कार्यालय नक्सालले एसएसपी कृष्णकुमार महतको नेतृत्वमा चार सदस्य छानविन समिति गठन गरिसकेको छ। समितिले आफ्नो काम सुरु गरिसकेको छ।

घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटले दुई प्रहरीलाई निलम्बन गरेको छ। महासंघका सह-सचिव सहनीले रौतहट माधव नारायण नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय धीरज यादव र सर्लाही रामनगर गाउँपालिका बस्ने २३ वर्षीय जितेशकुमार यादवलाई प्रयोग गरेर पत्रकार मोहम्मद चढ्ने मोटरसाइकलमा १०५ वटा लागूऔषध नाइट्राभेट राखेको खुलेको थियो।

साउन ३२ गते पत्रकार मोहम्मदको मोटरसाइलबाट लागू औषध नाइट्रेभेट फेला परेको थियो। त्यसमा योजनावद्ध रुपमा त्यहाँ खटिएका प्रहरी पुगेका थिए। पत्रकारको योजनामा प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज साह पुगेका थिए। उनीहरु घुमुवा प्रहरी हुन्।

सीसी टिभी फुटेजमा गौरस्थित ग्रिन सिग्नल होटेल अगाडि साँझ ७ बजे सडक पेटीमा राखिएको मोटरसाइकलमा केही व्यक्तिहरूले केही सामानहरू झुन्डाइरहेको देखिएको थियो। रौतहट प्रहरीले साउन ३२ गते राति ८ बजे उनलाई नाइट्रोभेटसहित पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell